शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

नयाँ वर्ष अफर : कुनै पनि रनर मोटरसाइकल किन्दा छूटैछूट

दैनिक नेपाल २०७७ चैत ३० गते १४:१३

काठमाडौं, ३० चैत । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ ।

कोरोनाको लामो कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप ऊर्जा प्रदान गर्न रमण मोटर्सले प्रत्येक रनर मोटरसाइकलको खरिदमा सिधै नगद रू. २१ हजार छूट दिने भएको छ । साथै मोटरसाइकलको खरिदमा २० वटा निःशुल्क सर्भिसिङ र सर्वाधिक ६ वर्षसम्मको वारेन्टी दिने रनर मोटरसाइकलका लागि अधिकृत नेपाली विक्रेता रमन मोटर्स प्रालिले जानकारी दिएको छ ।

कुनै पनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा रू. ३० हजार न्यूनतम मुल्याङ्कन गरिने पनि कम्पनीले जानकारी दिएको छ । हाल रमन मोटर्सले १ लाख १० हजार रुपैयाँ मूल्य पर्ने ८० सीसीदेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ । पछिल्लो समय नेपालमा रनर मोटरसाइकलप्रति आकर्षण बढ्दै गएको उक्त कम्पनीका बिजनेस डेभलेपमेन्ट हेड सन्तोष न्यौपानेले बताए ।

पछिल्लो समय ग्रहाकले रनरका सबैजसो मोडलमा रुची राखेका छन भने रनर हक २०० सीसीको अफ रोड मोटरसाइकललाई अत्यधिक मन पराइएको न्यौपानेको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित