शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेपालमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

दैनिक नेपाल २०७७ चैत ३० गते १३:५७

काठमाडौं, ३० चैत । नयाँ वर्ष २०७८ सालको अवसरमा नेपालमै अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ ।

रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले राजधानीको भृकुटीमण्डपमा उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् । आगामी वैशाख ४ गतेदेखि शुरू गरिने प्रतियोगिताको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् ।

प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरहरूको सहभागिता रहने आयोजकमध्येकी एक अस्मिता जुरेलीले जानकारी दिइन् । ‘प्रतियोगितामा यी देशका करिब १५ जना रेस्लर सहभागी हुँदैछन् । अहिलेको कोभिडको विषम् परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौं,’ अस्मिताले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित