
काठमाडौं, ३० चैत । बन्यजन्तु चोरी निकासी मुदाका ४ जना प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दियाको बासगढी–१ चेपाङका ६३ वर्षीय तुल बिक। सोही ठेगाना भएका ४८ वर्षीया कौशल्या बिक, २९ वर्षीय टेकराज थापा र ४७ वर्षीय लिल बिक छन् ।
बर्दिया जिल्ला अदालतले २०७३ असार १६ गते बन्यजन्तु चोरी निकासी मुद्दामा प्रतिव्यक्ति ५ हजार रुपैयाँ जरीवाना तोकेपछि उनीहरु चारै जना फरार रहेका थिए ।
फरार रहँदै आएका उनीहरुलाई प्रहरी कार्यालय चेपाङबाट खटिएको टोलीले आज सोमबार घर–घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।















प्रतिक्रिया