
काठमाडौं, ३० चैत । मन्त्रिपरिषदको नियमित बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिबारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।
सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुने छ । सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ ।















प्रतिक्रिया