५ कार्तिक २०८३, बिहिबार

कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३० चैत । बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको हो । प्यूठानको स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुष र रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

गत चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएका प्यूठानका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको थियो । त्यस्तै चैत २३ गते भर्ना भएकी तिलोत्तमाकी महिलाको ७ बजेर २३ मिनेटमा मृत्यु भएको हो ।