शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको स्थिर

दैनिक नेपाल २०७७ चैत ३० गते ११:०९

काठमाडौं, ३० चैत । नेपाली बजारमा आज सोमबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८९ हजार ६०० र तेजाबी सुन ८९ हजार १५० रुपैयाँमा कारोबार शुरु भएको छ ।

यस्तै आज सोमबार चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार २७५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित