शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कांग्रेस नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराजको निधन

दैनिक नेपाल २०७७ चैत ३० गते ११:०२

काठमाडौं, ३० चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएको छ ।

आफ्नो भाइको निधनबारे नेता पौडेलले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । गोविन्दराज रामचन्द्रका माइला भाइ हुन् ।

‘मेरा प्यारो माइला भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ । हाम्रो परिवार र गाउँ समाजकै भरोसाका रुपमा हेर्ने भाइ पछिल्लो समय चितवनको रत्ननगरमा बस्दै आएका थिए । प्रिय भाइ नाताले भाइ भए नि मेरो साथी जस्तै गरी सबै कुरामा सहयोगी थिए । मेरो राजनीति जीवनकालमा सधैँ सहयोगी भूमिका निर्वाह गरेका भाइ गोविन्दको निधनले म आफूलाई एक्लो भएको महशुस गरेको छु । प्रिय भाइ गोविन्द तिम्रो आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गबासको कामना गर्दछु,’ पौडेलले फेसबुकमा तस्वीरसहित लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित