बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रतिपक्षी दल काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

दैनिक नेपाल २०७७ चैत ३० गते १०:५३

काठमाडौं, ३० चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज सोमबार पनि बस्दै छ ।

आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । यसअघि हिजो आइतबार पनि सो समितिको बैठक बसेको थियो । हिजो बसेको बैठकले आजको बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरेको बताइएको छ ।

आजको बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन मुख्य एजेण्डाका रुपमा छन् । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय कार्यान्वयन नसकेपछि आजको बैठकले पुनः समय थप्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित