
सिरहा, २९ चैत । बम विष्फोट घटनामा संलग्न फरार प्रतिवादी लक्ष्मीपुरपतारी गाउँपालिका–३ लवकाटोल बस्ने २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
लहान नगरपालिका–८ दुई नम्बर रोडस्थित मालपोत कार्यालयको कर्मचारी बस्ने अफिसको बाहिरको स्पेशमा चैत १ गते कुकर बम विष्फोट भएको घटनामा संलग्न उनलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लहान नगरपालिका–१ लोकतन्त्र चोकबाट पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।












प्रतिक्रिया