१४ कार्तिक २०८३, शनिबार

हेलिकप्टरबाट पानी हालेपछि नागार्जुन जंगलको आगो नियन्त्रणमा

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ चैत । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।

आइतबार विहान ११ बजे बुढानिलकण्ठ नगरपालिका–१ को जंगलमा लागेको आगलागी नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट पानी खसालिएको थियो । जमिनबाट आगो नियन्त्रण गर्न नसकिने अवस्था आएपछि हेलिकप्टरको सहयताले आगो नियन्त्रणमा लिइएको हो ।

आगो निभाउन तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी खटिएका थिए ।