बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

आइतबार थप ३०३ जनामा कोरोना पुष्टि, १४१ निको, एकको मृत्यु

दैनिक नेपाल २०७७ चैत २९ गते १६:४२

काठमाडौँ, २९ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ३०३ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७४ हजार २७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ६१ जना रहेको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४० जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २३ लाख १२ हजार ९ सय १ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित