
काठमाडौँ, २९ चैत । विदेश जान स्याङ्जाबाट काठमाडौँ आएका एक युवक मृत फेला परेका छन् ।
आइतबार विहान गोंगवुको गोदावरी सन्दोषी गेष्ट हाउसमा बसेका ३२ वर्षीय नारायणबहादुर घर्ती क्षत्रीको शव भेटिएको हो ।
उनको के कारणले मृत्यु भएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
त्यस्तै, घटनामा संलग्न आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धब्बुराम बस्ने र राजकुमार कवार योगी रहेका छन् ।
शुक्रबार दिउँसो मृतकसँगै उनीहरुसँगै बसेर होटलमा खानपिन गरेका थिए । उनीहरुलाई आरुबारी र सुनवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धब्बुराम र मृतकको बीच विदेशमा चिनजान भएको थियो । मृतकको शवको रिपोर्ट आउन बाँकी रहेको छ ।












प्रतिक्रिया