बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सहकारी बैंकद्वारा पोखरामा सहकारी बाल क्लव गठन

दैनिक नेपाल २०७७ चैत २९ गते १५:३३

पोखरा, २९ चैत । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाको संयोजनमा कास्कीको पोखरास्थित शिवशक्ति माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ ।

विद्यार्थीहरूलाई सहकारी सचेतना, वित्तीय साक्षरता लगायतका रचनात्मक तथा सृजनात्मक कार्यक्रममा अग्रसर बनाउने र विद्यार्थी अवस्था देखिनै सहकारीको महत्व बारेमा जानकारी गराउने उद्देश्यले क्लव गठन गरिएको बैंकले जनाएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले देशभरका ६८ वटा शाखामार्फत सामुदायिक विद्यालयमा सहकारी बालक्लव गठन गर्ने र वित्तिय साक्षरतासम्बन्धी अभिमुखीकरण गराउने अभियान सञ्चालन गरेको छ ।

शिवशक्ति माविमा ८ कक्षा दखि १२ कक्षा सम्मका विद्यार्थीहरूको प्रारम्भिक भेलाबाट नौ सदस्यीय शिवशक्ति सहकारी बालक्लव गठन गरिएको छ । समितिको अध्यक्षमा गिता ओझा, उपाध्यक्षमा आयूष सुनार, सचिव अष्मिता विसुङखे, सह–सचिव बन्दना लम्साल कोषाध्यक्ष रेनु भुसाल तथा सदस्यहरूमा प्रेम कुमारी गुरुङ्ग, सन्देश गुरुङ्ग, वर्षा पौडेल र निरुता नेपाली रहेका छन् ।

कार्यक्रममा बाल क्लबका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक शम्भु प्रसाद बास्तोलाले विद्यार्थीहरूलाई वित्तीय रूपमा सचेत बनाउने महत्वपूर्ण कार्यक्रमको लागि आफ्नो विद्यालय छनोट गरेकामा राष्ट्रिय सहकारी बैंकलाई धन्यवाद ज्ञापन गरे ।

विद्यार्थीहरूको भेला प्रधानाध्यापक शम्भु प्रसाद बास्तोलको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका सल्लाहाकार रविरमण तिवारीको प्रमुख आतिथ्यता र राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा वित्तीय साक्षरता र सहकारी बैंकका बारेमा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख नरेश पाण्डेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित