मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कानूनी र राजनीतिक दृष्टिकोणबाट गृह मन्त्रालयको तर्क गलत छ : रावल

दैनिक नेपाल २०७७ चैत २९ गते १४:१२

कैलाली, २९ चैत । नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रपतिद्वारा वितरित पदक तथा तक्मामा नेपालको पूर्ण नक्सा नसमेटिएकोबारे गृह मन्त्रालयले दिएको तर्क गलत भएको बताएका छन् ।

आइतबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले गृह मन्त्रालयको स्पष्टीकरण चित्त बुझ्दो नभएको बताएका हुन् । ‘गृह मन्त्रालयबाट स्पष्टीकरण आएको छ । स्पष्टीकरण सुन्दा दुःख पनि लागेको छ, आश्चर्य बढी लागेको छ । गृह मन्त्रालयले भन्छ, तक्मा दिने निर्णय पहिल्यै भएको थियो । सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिले एक मतले पारित गरेपछि पहिल्यै निर्णय भएकाले नराखिएको भनेर ढाँट्ने ?,’ प्रश्न गर्दै उनले भनेका छन्, ‘कानूनी र राजनीतिक दृष्टिकोणबाट गृह मन्त्रालयको तर्क गलत छ ।’

आफ्नो भूमि समेटेर जारी गरिएको नक्सा प्रतिनिधिसभाले पारित गरेपछि सच्याएर मात्रै काम अगाडि बढाउनुपर्ने भन्दै उनले लिपुलेक, लिम्पियाधुरा, कालापनी नेपालको भूमि होइन भनेर सामान्त गोयलसँग प्रधानमन्त्री ओलीले भनेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित