शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नयाँ वर्षको अवसरमा रिचार्जरले ल्यायो ‘न्यू इयर सेल’ अफर

७० प्रतिशतसम्मको छूटमा ग्याजेट्स उपलब्ध गराउँदै, मुलुकभर क्यास अन डेलिभरी

दैनिक नेपाल २०७७ चैत २९ गते १३:२५

काठमाडौं, २९ चैत । ई–कमर्श प्लेटफर्म रिचार्जरले नयाँ वर्षको अवसरमा ‘न्यू इयर सेल’ अफर सार्वजनिक गरेको छ ।

मोबाइल एपका प्रयोगकर्तालाई केन्द्रमा राखेर रिचार्जरले ७० प्रतिशतसम्मको छूटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो । देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ ।

अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैमा पाइनेछ । यो अफर भने तोकिएका ब्राण्ड तथा ग्याजेट्मा मात्र लागू हुने छ । त्यसै गरी नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् ।

चैत ३० गते सोमबारदेखि आगामी वैशाख २ गतेसम्म चल्ने अफरमा सहभागी सबै ग्राहकलाई गोलाप्रथामा सहभागी गराई आकर्षक उपहार पनि प्रदाना गरिने ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । नयाँ वर्षमा धेरैले आफ्ना ग्याजेट् अपडेड गर्ने योजना बनाउने गरेकाले आकर्षक अफर सहित सेल सञ्चालन गरिएको बताएका ग्लाइडरले यसबाट सेवाग्राहीले लाभ लिन सक्ने उनको भनाइ छ ।

किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरूले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्ने छन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरूलाई शुन्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्दा १ हजार क्यास प्वाइन्ट पाइनेछ । यसका अलावा मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र अन्य सेवाहरूको भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा छूटका रूपमा रिडिम गर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित