शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम सम्पन्न

दैनिक नेपाल २०७७ चैत २९ गते १३:११

बागलुङ, २९ चैत । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको दुईदिने वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन तालिम शनिबार सम्पन्न भएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौर सेवा केन्द्र्र अन्तर्गतका शेयर सदस्यहरूका लागि सञ्चालित तालिमका सहभागीहरूले सहकारी ऐन र नियम अनुसार एउटामात्र सहकारी रोजेर कारोबार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहकारीका बारेमा धेरै कुरा थाहा थिएन, सहभागी शेयर सदस्यहरूले भने– ‘तालिमपछि सहकारीमा कसरी आवद्ध हुने, कुन सहकारीमा सदस्य बन्ने र कारोबार कसरी गर्ने भन्ने विषयमा जानकारी भयो, अबदेखि एउटै सहकारीमा केन्द्रीत भएर कारोबार गर्छौ ।’ सहकारीका सदस्यहरूलाई उनीहरूको काम कर्तव्य र अधिकारसँगै सहकारीको संस्थागत विकासमा सदस्यहरूको भूमिकाका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले जानकारी दिए ।

सदस्यहरूलाई सक्रिय बनाउँदै संस्थाले लिएको लक्ष्य अनुसार काम गर्न तालिम सहयोगी भएको छ, प्रवन्धक पौडेलले भने, ‘तालिमपछि सदस्यहरू उत्साहित हुनु भएको छ, अबका दिनमा बलेवा एकतालाई थप प्रभावकारी बनाउन सदस्यहरूको सक्रिय र प्रभावकारी सहभागिताको अपेक्षा गरेका छौं ।’

तालिमका प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरूको चाहना र आवश्यकतालाई दृष्टिगत गरी योजना बनाउने र उनीहरूको सक्रिय सहभागितामा ध्यान दिनु पर्नेमा जोड दिए । तालिममा अमलाचौर सेवा केन्द्र अन्तर्गतका ५० जना अगुवा शेयर सदस्यहरूको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित