५ कार्तिक २०८३, बिहिबार

भारतमा एकै दिन भेटिए डेढ लाख भन्दा धेरै संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २९ चैत । भारतमा एकैदिन डेढ लाख भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा १ लाख ५२ हजार ८ सय ७९ जना नयाँ संक्रमित फेला परेका जानकारी दिएको छ ।

कोरोना संक्रमणका कारण २४ घण्टामा ८ सय ३९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ११ लाख भन्दा धेरै छ । हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ६९ हजार २ सय ७५ पुगेको छ ।