शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सरकारको नेतृत्व गर्न तम्सिएको कांग्रेस पदाधिकारी बैठक बस्दै

दैनिक नेपाल २०७७ चैत २९ गते १०:४५

काठमाडौं, २९ चैत । सरकारको नेतृत्व गर्न जबरजस्त तम्सिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

पार्टी कार्यालय सानेपामा आज आइतबार दिउँसो २ बजे बैठक बस्दै छ । १४औं महाधिवेशनको सन्दर्भमा बैठक बस्न लागेको उनले बताएको छ । आजको बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्ने पनि बताइएको छ ।

यद्यपि, पदाधिकारीहरुलाई पनि बोलाइएको यो बैठकमा नयाँ सरकार गठनका विषयमा पनि छलफल हुने अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित