बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

महासंघद्वारा दश वर्षे भिजन पेपर सार्वजनिक, के-के छन् त कार्ययोजनाहरु ?

दैनिक नेपाल २०७७ चैत २८ गते १८:२८

काठमाडौँ, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघले दश वर्षे भिजन पेपर सार्वजनिक गरेको छ ।

शनिबार महासंघको ५५ औँ वार्षिक साधारणसभाको अवसरमा एक सय कार्ययोजनासहित महत्वाकांक्षी दश वर्षे भिजन पेपर सार्वजनिक गरेको छ । राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत महासंघले ’राष्ट्रिय आर्थिक रुपान्तरण २०३० भिजन पेपर’ सार्वजनिक गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त भिजन पेपर औपचारिक रुपमा सार्वजनिक गरे ।

भिजन पेपरमा सन् २०३० सम्ममा देशको अर्थतन्त्र एक सय अर्ब डलर पुर्याउने लक्ष्य राखिएको छ ।

यसका कार्यन्वयनका लागि सरकार, सरकारी संयन्त्र तथा कर्मचारी तन्त्रको दरिलो साथ भने आफूहरुलाई चाहिने महासंघले जनाएको छ ।

भिजन पेपर सार्वजनिक गर्दै अध्यक्ष शेखर गोल्छाले भने–कोभिड–१९ को आर्थिक प्रभावले अहिले पनि मुलुकको अर्थतन्त्र नाजुक अवस्थामै रहेको बताए ।

गोल्छाले भने, यसका लागि धेरै कम्पोनेन्टहरुको सुधार हुन आवश्यक छ । जसका लागि महासंघले दशक लामो आर्थिक रुपान्तरणसहितको आफ्नो भिजन पेपर सार्वजनिक गरेको छ । यसको सफलताका लागि सरकारको सहयोग रहनेछ भन्नेमा विश्वस्त छौँ ।

एक सय योजना समेट्दै मुलुकको आर्थिक रुपान्तरण सन् २०३० सम्ममा अर्थतन्त्रको आकार ३४ अर्ब डलरबाट बढाएर एक सय अर्ब डलर पुर्याउने बताएको महासंघले ४० वटा योजना त अबको दुई वर्ष भित्रै नै पूरा गर्ने बताएको छ ।

उक्त भिजन पेपर कार्यान्वयनमा जादा आगामी दस वर्षमा मुलुकमा एक सय ५० अर्ब डलरभन्दा बढी लगानी हुने र जसमध्ये एक सय ८ अर्ब डलर निजी क्षेत्रबाट मात्र हुने अध्यक्ष गोल्छाले बताए ।

जसबाट मुलुकमा २२ लाख नयाँ रोजगारीको समेत सिर्जना हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित