बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

नेपाल पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित

दैनिक नेपाल २०७७ चैत २८ गते १७:३३

काठमाडौँ, २८ चैत । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल विजयी भएका छन् ।

शनिबार केही जिल्लाको मतपरिणाम आएसँगै पोखरेलले जित हासिल गरेका हुन् ।

अधिकांश पोखरेलकै प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

उनी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल, नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धन उम्मेदवारको रुपमा निर्वाचनमा उठेका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचन भएको थियो । जसमा १३ हजार बढी मतदाता रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित