५ कार्तिक २०८३, बिहिबार

नागरिक सतर्क नबने फेरि लकडाउन हुन सक्छ : प्रधानमन्त्री ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकस्तरमा सचेतता नपनाइए मुलुकमा पुनः लकडाउन हुन सक्ने सङ्केत गरेका छन् ।

आज शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा ओलीले लकडान गर्नपर्ने अवस्था आउन नदिन कोरोना भाइरस (कोभिड–१९) बाट सचेत रहन नागरिकलाई आग्रह गरेका छन् ।

फेरि कोरोना भाइरसको संक्रमण बढेकाले सतर्कता अपनाउन अपिल पनि गरेको छन् । जीवन पहिलो प्राथमिकता रहेको भन्दै उनले सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरे । यसका साथै उनले संक्रमण बढ्दै गएकाले लकडाउन हुन सक्दैन भन्न नमिल्ने बताएका छन् ।

‘हामी सचेत नबने फेरि लकडाउन हुन सक्दैन भन्न मिल्दैन, अहिले नै सतर्कता अपनाऔं, आफैँ सचेत बनौँ,’ प्रधानमन्त्री ओलीले भनेका छन् । संक्रमणको स्थिति बढ्दै गएमा त्यसलाई रोक्न लकडाउन गर्नपर्ने अवस्था आउनसक्ने ओलीको भनाइ छ ।