५ कार्तिक २०८३, बिहिबार

अबको केही दिनमै नयाँ सरकार बन्छ : प्रचण्ड

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनमै नयाँ सरकार बन्ने विश्वास व्यक्त गरेका छन् ।

आज शनिबार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सृजना गरिए पनि अबको केही दिनभित्र नयाँ सरकार बनेरै छाड्ने दाबी उनले गरेका छन् ।

संसद पुनःस्थापनाको फैसला सरकारात्मक भए पनि त्यसपछि आएका अदालतको फैसला जनताले गरेको परिवर्तनविरोधी भएको आरोप उनले लगाएका छन् । वैधानिक रुपमा अघि बढेको पार्टीविरुद्ध माग्दै नमागेको विषयमा फैसला गरेको उनको भनाइ छ ।

नयाँ सरकार बन्न नसके आफूहरु आन्दोलिन हुने संकेत गर्दै प्रचण्डले फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताएका छन् । तर, अब आफूहरुले गर्ने आन्दोलनले मजदुर र किसानलाई दुःख नदिने विश्वास समेत व्यक्त गरेका छन् ।