५ कार्तिक २०८३, बिहिबार

मोटरसाइकल दुर्घटनामा प्रधानाध्यापकको मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लु २३ प ५०५७ नम्बरको मोटरसाइकल गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ को घुम्ती भन्दा भित्री सडकमा दुर्घटना हुँदा सोही वडा निवासी ठूलापोखरा माविका ४५ वर्षीय प्रधानाध्यापक रामबहादुर खत्रीको ज्यान गएको हो ।

गौँडाकोटस्थित गुल्मी दरवार गाउँ पालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भइ साँझ घर फर्किने क्रममा घुम्तीदेखि भित्री सडकमा मोटरसाइकल दुर्घटना भएको र गम्भीर घाइते खत्रीलाई जिल्ला अस्पताल तम्घासमा साढे ९ बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।