५ कार्तिक २०८३, बिहिबार

प्रहरीका ३६६ जना इन्स्पेक्टरको एकैपटक सरुवा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेपाल प्रहरीका ३६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रवार साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो । १ वर्षमा नियमित सरुवा गर्नुपर्ने भए पनि प्रहरी प्रधान कार्यालयले पछिल्लो ४ महिनादेखि सरुवा गर्न सकेको थिएन ।

शुक्रबार सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए । प्रहरी प्रधान कार्यालयको सूचीअनुसार महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सुरेशराज भट्टको सरुवा भएको छ ।

त्यस्तै काभ्रेको इलाका प्रहरी कार्यालय बनेपामा राजन कोइराला र जिल्ला ट्राफिक कार्यालय बनेपामा प्रमिला श्रेष्ठलाई पठाइएको छ ।

त्यसैगरी काठमाडौंको महानगरीय प्रहरी प्रभाग कपनमा भगवती तिमिल्सेना, बलम्बु प्रभागमा गणेशचन्द्र कोइराला र महानगरीय प्रहरी प्रभाग सानेपामा कृष्ण खड्कालाई सरुवा गरिएको छ ।