
काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद गुमाएका ४ जना मन्त्रीहरुलाई पुनः नियुक्त गरेका छन् ।
विभिन्न मितिका मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले संविधानको धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मन्त्रीहरुलाई नियुक्त गरेको जानकारी दिए ।
टोपबहादुर रायमाझीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रभु साहलाई सहरी विकास मन्त्रालय र गौरीशंकर चौधरीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी तोकी नियुक्त गरेको गुरूङले बताए ।
यस्तै मन्त्रिपरिषदको बैठकले नेपाल–भारत रेल सेवा सम्झौता, २००४ मा संशोधन गर्ने गरी तयार गरिएको लेटर अफ एक्सचेन्जको मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, गृह मन्त्रालयलाई २७ जना विदेशी नागरिकहरूले बुझाउनुपर्ने भिसा दस्तुर एवं विलम्ब शुल्कवापत अमेरिकी डलर ४ लाख ७२ हजार ३ सय ६० र जरिवानाबापत १३ लाख ५० हजार मिनाहा दिई तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने निर्णय पनि गरेको छ ।
यस्ता छन् सरकारका निर्णयहरु:












प्रतिक्रिया