
सप्तरी, २७ चैत । सप्तरीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ मा स ८ प ७३३० र स ६ प ५२४३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । सो दुर्घटनामा स ६ प ५२४३ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका ९ सर्पा बस्ने ३५ वर्षीय अनवर अलीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।















प्रतिक्रिया