
काठमाडौँ, २६ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार निर्माणको गणितीय जोडघटाउका लागि माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई छलफलका लागि बोलाएका छन् ।
देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा ति पार्टीका शीर्ष नेताहरुलाई बोलाएका हुन् ।
काँग्रेस यस अघि नै आफ्नै नेतृत्वमा सरकार निर्माणको पहल गर्ने निर्णय गरेको थियो ।
काँग्रेस, माओवादी केन्द्र र जसपा मिले मात्रै एमाले बाहेकको सरकार सम्भव छ । यद्यपि आआफ्नै स्वार्थमा मिल्न खोजेका दलहरुबीच समन्वय निकै कठिन देखिन्छ ।












प्रतिक्रिया