१३ कार्तिक २०८३, शुक्रबार

बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइँदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । सरकारले आगामी वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने जनाएको छ ।

त्यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।

कोरोना जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले सावधानी अपनाएर मात्रै अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।

कोरोनाकै कारण बालबालिकाको पाखुराको मध्य परिधिको नाप लिने कार्यक्रम भने स्थगन गर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले बताए ।