
काठमाडौँ, २६ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ३३२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।यससँगै कुल संक्रमितको संख्या २ लाख ७९ हजार एक सय जना पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ७९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७३ हजार ६ सय ८ जना पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५४ जना रहेको छ ।
२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २३ लाख २ हजार १ सय ७३ जनाको पीसीआर परीक्षण भइसकेको छ ।












प्रतिक्रिया