
काठमाडौँ, २६ चैत । गृह–मन्त्रालयले ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुको सरुवा गरेका हुन् । अध्यागमन विभागको महानिर्देशकमा नारायणप्रसाद भट्टराईलाई सरुवा गरिएको छ । त्यस्तै, सह–सचिव शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । लमजुङमा होमप्रसाद लुइँटेललाई सरुवा गरिएको छ भने बैतडीमा राजेन्द्रदेव पाण्डेलाई पठाइएको छ ।
त्यस्तै, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील बैधलाई पठाइएको छ ।
को कहाँ पुगे ?













प्रतिक्रिया