
काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण दर बढ्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
बहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणमा सर्तकता अपनाउन आग्रह गरेका हुन् । उनले लकडाउन सरकारको चाहना नभएको प्रष्ट पार्दै लकडाउनको अवस्था नल्याउनका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
उनले संक्रमण बढ्दै गए फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी सकेसम्म लकडाउन गर्दैनौं । त्यो हाम्रो योजना छैन । तर, तपाईंहरुकै कारण सुरक्षित र सचेतना अपनाउनु भएन भने, कोभिडले फेरि उग्र रुप लिन सक्छ । त्यतिखेर बाध्य भएर हामीले फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्छ ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले बेसार पानी खान आग्रह गर्दै, सफा सुग्घर हुन, साबुन पानीले हात मुख नियमित धुन र बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन समेत प्रधानमन्त्रीले सबैलाई आग्रह गरे ।












प्रतिक्रिया