
काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाको अर्को बैठक चैत ३० गते बस्ने भएको छ ।
बिहीबारको बैठकमा सूचना प्रविधिसम्बन्धी विधेयकको प्रतिवेदन पेश नगरीकनै बैठक सकिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण सूचना विधेयक पेश गर्ने कार्यसूची हटाइएको थियो ।
आजको बैठकमा सांसदहरुले शून्य र विशेष समयमा बोलेका थिए ।
त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका ४ सांसदहरु टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद गुमेको सूचना दिएका थिए ।












प्रतिक्रिया