१३ कार्तिक २०८३, शुक्रबार

माओवादीका अवरोधका कारण वागमती प्रदेशसभा बैठक चल्न सकेन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । वागमती प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका सांसदहरुले सभा चल्न नदिएपछि सभामुख सानु कुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

उनीहरुले विद्युतीय बस सञ्चालनप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

त्यस्तै, मदन भण्डारी फाउण्डेशनलाई दिइएको ५० लाख रुपैयाँबारे स्पष्ट पार्न पनि सांसदहरुले माग गरेका थिए ।

त्यस्तै, सांसदहरुले सरकार जनताको उपचारप्रति गम्भीर नभएकोले कोभिड १९ को दर बढ्दै गएको दावी गरे ।

माओवादीका सांसदहरुले मुख्यमन्त्री डोरमणी पौडेलबाट थप प्रश्नका स्पष्ट जवाफको माग गर्दै संसद अवरुद्ध गरेका थिए ।

प्रदेशसभा बैठकमा छलफलका लागि आज तयार गरिएको कार्यसूची माओवादी केन्द्रको अवरोधका कारण संसदमा पेश नै नभइ हटाइएको थियो ।