
काठमाडौँ, २६ चैत । सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन ल्याउन लागेको विधेयक बिहीबारको प्रतिनिधिसभामा पेश नहुने भएको छ ।
अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन लागिएको भन्दै विरोध भएपछि विधेयक पेश नगरिने भएको हो ।
एक वर्षअघि नै पास भएको विधेयक पेश गर्ने सरकारले तयारी गरेको थियो ।
विधेयक पेश गर्ने कार्यसूची भएपछि केही सांसदहरुले विरोध जनाएका थिए । त्यसपछि विधेयकलाई कार्यसूचीबाट हटाइयो । प्रमुख प्रतिपक्षी दल काँग्रेसले विधेयक पेश भए संसद चल्न नदिने भनेपछि विधेयक हटाइएको हो ।












प्रतिक्रिया