१३ कार्तिक २०८३, शुक्रबार

नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा एकराज गिरी विजयी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २६ चैत । नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्षमा एकराज गिरी निर्वाचित भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा गिरीले प्रेस चौतारीका उम्मेद्वारहरुलाई पराजित गरेका हुन् ।

प्रेस चौतारीका विशाल नेम्वाङ र प्रेस चौतारीबाटै बागी उम्मेदवार तीर्थ सिग्देल पराजित भएका छन् ।

त्यसैगरी, गोपाल झापाली र हिमाल खरेललाई पराजित गर्दै उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई विजयी भएका छन् ।

त्यस्तै, सुब्रत न्यौपाने र प्रेम आचार्यलाई पराजित गर्दै सचिवमा डिकेश लामा निर्वाचित भए । सहसचिव खुल्लामा प्रतिस्पर्धी विनोद सापकोटालाई पराजित गर्दै राजु पाठक निर्वाचित भए । समावेशी सहसचिवमा अर्जुन राजवंशी निर्वाचित भए भने कोषाध्यक्षमा रन्जित प्रसाईले रमेश तिवारीलाई हराए ।

त्यसैगरी, सदस्यहरुमा मनिषा चम्लागाई, विनोद पाण्डे, चिरन्जीवी घिमिरे, सुष्मा राजवंशी, होमप्रसाद अधिकारी, द्रोण अधिकारी र रन्जित परियार, राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले र सुनिरा मैनाली निर्वाचित भएका छन् ।

त्यस्तै, केन्द्रीय परिषद् सदस्यका लागि ४ जनाबीच प्रतिस्पर्धा भएको थियो । चारमध्ये तीन जना निर्वाचित हुनुपर्नेमा कृष्ण हुमागाई, ज्ञानेन्द्र निरौला र गोपाल काफ्ले निर्वाचित भए भने चेतन अधिकारी पराजित भएका छन् ।

झापामा २ सय ६३ मतदाता रहेकामा वुधबारको निर्वाचनमा २ सय ५६ मत खसेको थियो ।