
काठमाडौँ, २६ चैत । नेपाल पत्रकार महासंघको वुधबार सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ ।
चुनवी मैदानमा सत्ता निक गठबन्धन र माओवादी–काँग्रेस निकट लोकतान्त्रिक–व्यवसायिक गठबन्धन रहेका थिए ।
हालसम्मको मत परिणामअनुसार लोकतान्त्रिक–व्यवसायिक गठबन्धन अगाडि देखिएको छ भने सत्ता निकट पत्रकारको गठबन्धन पछि परेको छ ।
त्यस्तै, केन्द्रमा विपुल पोखरेल प्यानलको अघि देखिएको छ भने निर्मला शर्मा प्यानलले पछ्याउँदै छ ।
रुपन्देही
महासंघ रुपन्देही शाखामा प्रगतिशिल लोकतान्त्रिक प्यानलका साझा उम्मेदवार रामराज पोख्रेलको समुह विजयी भएको छ । पोख्रेल नेतृत्वको समुहले प्रेस चौतारी समुहका दिनेश पाण्डेको समूहलाई पराजित गरेको हो ।
मकवानपुर
नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा मणिराज गौतम नेतृत्वको पदाधिकारीको प्यानल निर्वाचित भएको छ । कुल १ सय ६१ मत खसेकोमा गौतमले १०० मतका साथ विजयी भएका हुन् ।
गौतमका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीतर्फका उम्मेदवार बालकृष्ण अधिकारीले ५६ मत मात्र प्राप्त गर्न सफल भए ।
सिन्धुपाल्चोक
सिन्धुपाल्चोक शाखाको निर्वाचनमा जीवनप्रसाद श्रेष्ठ नेतृत्वको वाम गठबन्धन प्यानल विजयी बनेको छ । सिन्धुपाल्चोकमा एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस संगठनको संयुक्त प्यानल थियो भने काँग्रेस निकट प्रेस युनियन छुट्टै चुनाव लडेको थियो ।
म्याग्दी
म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् ।
बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्यले २७ मत प्राप्त गरेका थिए । निर्वाचित पौडेल प्रेस चौतारीका तर्फबाट उमेदवार बनेका थिए ।
प्रतिष्ठान प्रदेश
महासंघ प्रतिष्ठान प्रदेश समितिमा सरकारनिकट प्यानललाई हराउँदै गठबन्धन प्यानल विजयी बनेको छ । प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी बनेको हो ।
प्यानलबाट उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही, उपाध्यक्ष महिलामा रुक्मिणी पोखरेल सचिव खुलामा नरेन्द्र मानन्धर, सचिव समावेशीमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी बनेका हुन् ।
नुवाकोट
नुवाकोट जिल्ला शाखामा सरकारनिकट प्यानल पराजित भएको छ । गठबन्धन प्यानलबाट अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् ।
ललितपुर
ललितपुर शाखाको निर्वाचनमा सागर न्यौपाने नेतृत्वको गठबन्धन प्यानल विजयी बनेको छ ।
दोलखा
दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी माधव नेपाल समूहको गठबन्धनबाट अध्यक्षका प्रत्यासी चौलागाईं निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचिन चौंलागाईं प्रेस युनियन निकट हुन् भने उपाध्यक्षमा प्रेस चौतारी माधव नेपाल समूहका श्रीजनकुमार घिमिरे निर्वाचित भएका छन् ।
काभ्रे
काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना निर्वाचित भएका छन् भने सचिवमा युनियनकै कपिल कोइराला निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा विनोदकुमार न्यौपाने निर्वाचित भएका छन् ।
अछाम
अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । केन्द्रमा विपुल पोखरेल नेतृत्वको सो प्यानलले पूरै प्यानल जितेको छ ।
ताप्लेजुङ
ताप्लेजुङमा माधवकुमार नेपाल निकट प्रेस चौतारीले जितेको छ । प्रेस चौतारीको तर्फबाट उम्मेदवार आनन्द गौतम अध्यक्षमा विजयी भएका हुन् ।
ताप्लेजुङमा वाम–लोकतान्त्रिक प्यानल र एमाले केपी ओली निकट प्रेस चौतारी लगायतको प्यानल चुनावी मैदानमा थियो ।
इलाम
इलामको अध्यक्षमा विप्लव भट्टराई विजयी भएका छन। बुधबार भएको निर्वाचनबाट उनी अध्यक्षमा विजयी भएका हुन् । उनले एक सय ६ मत प्राप्त गरे निकटतम प्रतिद्वन्द्वी सुजन तिम्सिनाले ४८ मात्र प्राप्त गरेर हारे ।
त्यस्तै महिला उपाध्यक्षमा सुनिता खालिङ राई विजयी हुँदा सहसचिवमा प्रेम अधिकारी विजयी भए ।
गुल्मी
गुल्मीको अध्यक्ष टोपलाल अर्याल विजयी भएका छन् । बुधबार भएको निर्वाचनमा ३० मत ल्याएर अर्याल अध्यक्षमा विजयी भएका हुन् । अर्यालका प्रतिद्वन्द्वी अनिल खत्रीले २७ मत प्राप्त गरेका छन् । अर्याल नेकपा एमाले माधव नेपाल समूह निकट प्रेस चौतारीका नेता हुन् ।
रौतहट
रौतहट शाखाको निर्वाचनमा प्रेमचन्द्र झा अध्यक्षमा विजयी भएका छन् । यस्तै उपाध्यक्षमा प्रवीणकुमार शर्मा, महिला उपाध्यक्षमा रजनी ठाकुर, सचिवमा मदन ठाकुर, सहसचिवमा सञ्जय सहनी निर्वाचित भएका छन् ।
यसैगरी कोषाध्यक्षमा धमेन्द्रकुमार साह र महिला सदस्यमा विना राउत निर्वाचित भएका छन् ।
मुस्ताङ
मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित भएका छन्। बुधबार भएको निर्वाचनमा थकालीले १४ मत पाएर निर्वाचित भएका हुन् । उनी संयुक्त प्यानलबाट उमेदवार बनेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सुनदेवी रसाइलीले १२ मत ल्याएर पराजित भएकी छन् ।
एसोसिएटमा बैकुण्ठ
महासंघ एशोसिएट प्रदेश अध्यक्षमा बैकुण्ठराज पराजुली निर्वाचित भएका छन् ।
पराजुलीले ३९९ मत प्राप्त गर्दै अध्यक्षमा जीत हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी डिबी खड्काले २७५ भोट पाएका छन् ।
एसोसिएट केन्द्रीय सदस्य कार्की
यसैगरी एसोसिएट केन्द्रीय सदस्यमा गठबन्धनका विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी भएका छन् ।
६९५ मत गणना गर्दा विकासले ३०१ मत प्राप्त गरेका छन् भने कृतिले २७४ मत प्राप्त गरेकी छन् । त्यस्तै ओमबन्धु थापाले २५७, विष्णु सुवेदीले १६१, स्मृति ढुंगानाले १३३ मत प्राप्त गरेका छन् ।
जाजरकोट
जाजरकोट शाखा अध्यक्षमा बालकुमार शर्मा विजयी भएका छन् । बुधबार भएको मतदानमा ८६ मत खसेकोमा गठबन्धनका अध्यक्ष शर्मा ६४ मत प्राप्त गरी विजयी भएको हुन् ।
कास्कीमा महिला नेतृत्व
कास्कीमा विमला भण्डारी निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी केशव शरण लामिछानेलाई पराजित गरेकी हुन् । भण्डारी १ सय ७४ मत पाएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी लामिछानेले १ सय २१ मत पाएका छन् । भण्डारीले प्रतिस्पर्धी लामिछानेलाई ५३ मतान्तरले पराजित गरेकी हुन् ।












प्रतिक्रिया