शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

पत्रकार महासंघ जाजरकोट शाखामा शर्मा प्यानल विजयी

दैनिक नेपाल २०७७ चैत २५ गते २२:१५


काठमाडौँ, २५ चैत । नेपाल पत्रकार महासंघको जाजरकोट शाखा अध्यक्षमा बालकुमार शर्मासहित उनको प्यानल विजयी भएको छ ।

वुधबार भएको मतदानमा ८६ मत खसेकोमा ६४ मत प्राप्त गरेर शर्मा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतस्पिर्धी दिप बहादुर घर्तीले भने २२ प्राप्त गरेका थिए । त्यसैगरी, उपाध्यक्ष (महिला)मा गठबन्धनकी टुकमाया घर्ती ६६ मतले विजयी भएकी छन् उनकी प्रतिस्पर्धी निर्मला थापाले ७ प्राप्त गरेकी थिइन् ।

यसरी शर्मासहित उनको प्यानल नै विजयी भएको छ ।

त्यस्तै, निर्विरोध निर्वाचित उपाध्यक्षमा सहदेव बस्नेत, निर्विरोध सहसचिवमा, सपना वली, निर्विरोध निर्वाचित खुल्ला सदस्यहरुमा बद्री पन्त, नवराज शाही, रेशम बहादुर खड्का, अर्पण रावल, सन्देश आचार्य र जनक सिंह रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित