
काठमाडौँ, २५ चैत । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षणको रिपोर्ट ३ घण्टामै पाइने भएको छ ।
प्रयोगशालाले जेनस्पोर्टबाट बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कोरोना परीक्षण गर्ने जनाइएको छ ।
यद्यपि यो सेवा तुरुन्तै उपचार आवश्यक भएकालाई मात्रै दिइनेछ । त्यसैगरी, ३ घण्टामै पीसीआरको रिपोर्ट प्राप्त गर्नलाई चिकित्सक वा अस्पतालले अनिवार्य रुपमा सिफारिस गरेको हुनुपर्छ ।
त्यस्तै, परीक्षणका लागि सरकारले तोकेको रकम एक हजार रुपैयाँ भने लाग्नेछ ।












प्रतिक्रिया