१३ कार्तिक २०८३, शुक्रबार

अभिभावक नभएको बेला प्युठानमा गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २५ चैत । प्युठानमा एक गोठमा भएको आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ ।

गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको हो ।

वुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला गोठमा आगलागी भएको प्रहरीले जनाएको छ ।