बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

गण्डकी प्रदेशका दुई माओवादी मन्त्रीद्वारा राजीनामा, समर्थन फिर्ता नलिने

दैनिक नेपाल २०७७ चैत २५ गते १६:१९

काठमाडौँ, २५ चैत । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्री हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री चुमान तथा कृषिमन्त्री थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्रका गण्डकी प्रदेश सभा संसदीय दलको नेता समेत रहेका चुमानले माथिकै निर्देशनमा राजीनामा दिएको बताउँदै मुख्यमन्त्री गुरूङसँग फेरि सहकार्यको वातावरण बनोस् भनेका थिए ।

राजीनामाका विषयमा चुमानले संघीयतामा प्रदेश सभाको संसदीय दलले सरकारमा बस्ने कि नबस्ने निर्णय गर्न पाउनुपर्ने बताउँदै माथिबाटै लादिएकोमा पार्टी नेतृत्वप्रति गुनासो गरेका थिए ।

मुख्यमन्त्री गुरूङले राजीनामा पत्र बुझ्नै मन्त्री थापा र चुमानले राम्रो काम गरेको बताएका थिए

माओवादी मन्त्रीहरुले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

हाल प्रदेशसभामा ६० जना सांसदमध्ये २८ जना नेकपा एमालेका र समर्थन गर्ने सांसद छन् । कुनै सानै दलले समर्थन गर्ने बित्तिकै एमालेकै सरकारको निरन्तरता हुने स्थिति रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित