
काठमाडौँ, २५ चैत । नेपाल पत्रकार महासंघको निर्वाचनमा दिउँसो ३ बजेसम्ममा ६५ प्रतिशत मत खसेको छ ।
प्रत्यक्ष निर्वाचन मार्फत केन्द्र, प्रदेश र जिल्ला शाखाहरुमा नयाँ नेतृत्व चयनका लागि वुधबार विहान ९ बजेदेखि निर्वाचन भइरहेको छ ।
पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले देशभरबाट दिउँसो ३ बजेसम्ममा ६५ प्रतिशत मत खसेकोजनाएको छ ।
समितिका अनुसार बेलुका ५ बजेसम्म मत हाल्ने समय तोकिएको छ ।












प्रतिक्रिया