शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

हेर्नुस् नेपाल पत्रकार महासंघ निर्वाचन (फोटो/भिडियोसहित)

एसपी उप्रेती २०७७ चैत २५ गते १४:३१

-एसपी उप्रेती

काठमाडौँ, २५ चैत । नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको निर्वाचन भइरहेको छ ।

देशभरबाट १३ हजार एक सय ८० जना मतादाताले आगामी ३ वर्षका लागि महासंघको नयाँ नेतृत्व छनोट गर्दैछन् ।

पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन भइरहेको छ । जसमा केन्द्र, प्रदेश र शाखाले नयाँ नेतृत्व छान्दैछन् ।

निर्वाचनका लागि बिहान नौ बजेदेखि अपराह्न चार बजेसम्मको समय तोकिएको छ ।

यसपालिको अध्यक्ष पदका लागि निर्मला शर्मा र विपुल पोखरेलको प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् ।

शर्मा प्रेस चौतारी, मिडिया नेपाल र जनपत्रकार प्रगतिशील समूहको तर्फबाट उम्मेदवार हुन् ।

त्यस्तै, पोखरेल प्रेस युनियन, प्रेस संगठनका तर्फबाट लड्दैछन् । त्यस्तै, अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा गजेन्द्रसिंह बुढाथोकी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको निर्वाचन निकै रोचक देखिएको छ । प्रवेशद्वार देखिनै उम्मेद्वारहरुको ब्यानर टाँसिएर सर्वत्र रंगीचंगी देखिन्छ ।

त्यस्तै, आआफ्नो प्यानलाई जिताउन भोटको निम्ति उम्मेद्वारहरुले आग्रह गरेको दृश्य पनि रोचक लाग्छ । सयौँ पत्रकार लामबद्ध भएर आफ्नो भोट हाल्ने पालो पर्खिरहेका छन् ।

हेर्नुस् भिडियो:

तस्वीरहरु:

प्रतिक्रिया
सम्बन्धित