
काठमाडौँ, २५ चैत । गण्डकी प्रदेश सरकारका नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीहरुले राजीनामा दिने भएका छन् ।
माओवादीको वुधबार विहान बसेको संसदीय दलको बैठकले मन्त्रीहरुलाई राजीनामा दिन दिर्नेशन दिएको थियो ।
माओवादीका मन्त्रीहरु आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने भएका हुन् ।
यद्यपि सो पार्टी तत्कालै समर्थन फिर्ता नलिने सत्ता समीकरण मिलाएपछि मात्रै फिर्ता लिने जनाएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा ठूलो दल नेकपा एमालेका मात्रै २७ जना छन् । त्यस्तै, मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पक्षमा रहेका छन् ।
त्यस्तै, माओवादीका सभामुखसहित १२ सांसद छन् । नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।
कुनै एउटा सानो दलको मात्रै समर्थन लिने हो भने पनि मुख्यमन्त्री गुरुङको सत्ता नै निरन्तर हुन सक्छ ।












प्रतिक्रिया