१३ कार्तिक २०८३, शुक्रबार

ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा निधन हुनेमा ७१ वर्षीया बिनामाया मगर, ५० वर्षीय ५० टुल्कीमाया मगर र ५ वर्षीया बालिका डोलकुमारी मगर रहेका छन् ।

त्यस्तै, जीप चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार उनलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा लगिएको छ ।

सामान बोकेको जिप सडकबाट करिब ७ सय मिटर तल खसेर भिरमा अड्किएको थियो ।

भीरबाट जिप झरेकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।