१३ कार्तिक २०८३, शुक्रबार

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ चैत । नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारका मन्त्री बनेका तीन जनाले सामूहिक राजीनामा दिएका छन् ।

मंगलबार मन्त्रीहरु आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सामूहिक राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।

एमालेको एकल सरकार निर्माणका लागि सो पार्टी चैत ४ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कर्णाली प्रदेशसभामा ४० सदस्य रहेका छन् जसमध्ये नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् ।