१३ कार्तिक २०८३, शुक्रबार

पोखरामा तीव्र वायु प्रदुषण, हवाइ उडान पुनः अवरुद्ध

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ चैत । पोखरामा तीव्र वायु प्रदूषणका कारण लागेको बाक्लो तुवाँलोले गर्दा हवाई उडान अवरुद्ध भएको छ ।

बाक्लो तुँवालोको कारण भिजिबिलिटी नहुँदा हवाइ उडान प्रभावित बनेको हो । यसअघि पनि प्रदुषणकै कारण करिब एक साता अवरुद्ध रहेको उडान गत बिहीबारदेखि सुचारु भएको थियो । यद्यपि पुनः सोमबारदेखि प्रभावित हुन पुगेको हो ।

मंगलबार उडान नै नभएको विमानस्थलले जनाएको छ भने सोमबार पनि ३ दर्जन उडान तालिकामध्ये केही मात्रै भएका थिए ।

पोखराको मुख्य बजारबाट नजिकै रहेका सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायत डाँडाहरू तुवाँलोले देखिएका छैनन् । धुवाँ र धुलोले भिजिबिलिटी कम हुँदा पोखराबाट उडान हुन नसकेको पोखरा विमानस्थलले जनाएको छ ।

देशभर ७ सय बढी जङ्गलमा लागेको डढेलो, किसानले बाली भित्र्याएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदूषण बढाएको बताइएको छ ।