१३ कार्तिक २०८३, शुक्रबार

तनहुँमा युवा संघको जिल्ला अधिवेशन चैत ३१ गते हुने

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) समर्थित युवा संघ नेपाल तनहुँको जिल्ला अधिवेशन यहि चैत्र ३१ गते हुने भएको छ ।

युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष अशोक चौलागाईको प्रमुख आतिथ्यतामा भएको वैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघका केन्द्रिय सदस्य एवं तनहुँका ईन्चार्ज उज्जल खनालको अध्यक्षतामा भएको वैठकमा नेकपा तनहुँका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, कार्यलय सचिव राजेश्वर ढकाल, सचिवालय सदस्य प्रदिपराज अधिकारी, युवा नेता अनिल पाण्डे र संघका केन्द्रिय सदस्य देवान गुरुङ्ग रहेका थिए ।

जिल्ला अधिवेशनका लागी संघले पालिका स्तरको अधिवेशन समेत गर्ने भएको छ । जसअनुसार जिल्ला संयोजकमा उज्जल खनाल सह–संयोजकमा सुरेन्द्र अधिकारी, शुक्लागण्डकी नगरपालिकामा संयोजक सुरेन्द्र तमाङ्ग, सहसंयोजकमा रामचन्द्र केसी, भीमाद नगरपालिकामा संयोजक माधव थापा, सहसंयोजकमा शिवा वहादुर आले, ऋषिङ्ग गाँउपालिकमा संयोजक आशिष गिरी, सहसंयोजक रोशन गुरुङ्ग, घिरिङ्ग गाँउपालिकामा संयोजक गोपाल वि.क, सहसंयोजकमा झपेन्द्र गुरुङ्ग, सचिवमा संसार रानाभाट, म्याग्दे गाँउपालिकामा सन्तोष रानामगर, सहसंयोजकमा वसन्त थापामगर, व्यास नगरपालिकामा संयोजकमा कृष्ण कुमार श्रेष्ठ, सहसंयोजकमा अजित पन्थ, भानु नगरपालिकामा संयोजक वीर वहादुर लामा, वन्दिपुर गाँउपालिकामा संयोजक वासुदेव पुडासैनी, सहसंयोजकमा किरण आले र देवघाट गाँउपालिकामा शुकु गुरुङ्ग चयन भएका छन् ।

कार्यक्रममा सम्वोधन गर्दे प्रमुख अतिथी अशोक चौलागाईले युवा संघले अव युवा लक्षित कार्यक्रम गर्ने बताए । विगतमा युवा संघको भुमिका प्रभावकारी नभएपनि पुर्नजिवित गर्ने उनले बताए । सकारात्मक कामका लागि अब युवाले अगुवाई गर्ने बताए ।

यसैगरि पार्टीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले युवा शक्ति नै देशको शक्ति भएको हुदाँ समाज परिवर्तनका लागी भुमिका खेल्नुपर्ने बताए । देश बनाउने जिम्मा युवाको काँधमा आएको हुदाँ परिवर्तन विरोधी शक्तिलाई विचारवाट युवा संघले प्रतिरोध गर्नुपर्ने बताए ।

हजारौ युवाहरुको विशाल रयालीसहित गरिने जिल्ला अधिवेशन युवा संघका पुर्व अध्यक्ष, युवा ईन्चार्ज एवं माननिय प्रतिनिधीसभाका सदस्य महेश वस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक उज्जल खनालले बताए ।