
काठमाडौँ, २३ चैत । प्रतिनिधिसभाको बैठक अब चैत २६ गते बस्ने भएको छ ।
सोमबार बसेको बैठक ३ दिनका लागि स्थगित गर्दै २६ गते १ बजेका लागि बोलाइएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
आजको बैठकमा परराष्ट्र र स्वास्थ्य मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।
त्यस्तै सोमबारकै बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौँ वार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश भएका छन् ।












प्रतिक्रिया