१३ कार्तिक २०८३, शुक्रबार

आफ्नै वृद्धा आमाको ३ करोड लिएर हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ चैत । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रेग्मी(रिजाल) ठगी आरोपमा पक्राउ परेकी छन् ।

आफ्नै ८५ वर्षीया आमालाई ३ करोड रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्र बैंकको कर्पोरेट प्लानिङ तथा रिस्क म्यानेजमेन्ट विभागकी निर्देशक रेग्मीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुष्माकी आमाले आफूलाई ठगेको भन्दै छोरीविरुद्ध उजुरी दिएकी थिइन् ।

वृद्धाकै उजुरीका आधारमा रेग्मीलाई दुई दिनदेखि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

आफ्नी आमाको विभिन्न बैंकमा रहेका पैसासहित ३ करोडभन्दा बढी सम्पत्ति रेग्मीले आफूले नियन्त्रणमा लिएको आरोप छ ।

सम्पत्ति लिएको तर आफ्नो हेरचाह गर्ने भनेको तर पैसा लिएपछि बेवास्ता गरेकाले आमाले उजुरी दिएकी हुन् ।

प्रहरीले रेग्मीलाई ८ महिनादेखि नै आमाको राम्रोसँग हेरविचार वा पैसा फिर्ता गरिदिन आग्रह गरेपनि उनले नमानेको बताइएको छ ।

रेग्मीविरुद्ध जेष्ठ नागरिक ऐन २०७३ अनुसार मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।

वृद्धा आमाले यसरी आफ्नै छोरीविरुद्ध मुद्दा दुर्लभ घटना हो ।