
काठमाडौं, २३ चैत । नेकपा (एमाले)का सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले ताजा जनमतका लागि जनतामा जानु प्रतिगमन नभएको बताएका छन् ।
आज सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमको बचाउ गर्दै जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ? भन्दै प्रश्न गरेका हुन् ।
उनले वर्तमान सरकार कुनै पनि हालतमा काम चलाउन नभएको दाबी गर्दै संसदमा भने, ‘सरकार कामचलाउ भयो भनेर के भन्या ? कसरी हुन्छ कामचलाउ ? यो सरकार कामचलाउ भएको जगभित्र के छ ? समर्थन आफू गर्ने, समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउनका निम्ति, एकदलीय, दुई दलीय तीन दलीय एजेण्डा प्रस्तुत गर्न नसक्ने ?’
सोही सन्दर्भमा उनले भने, ‘आफैं अड्काउने आफैं पड्काउने ? त्यो काम नगर्नुस के गर्ने त्यो गर्नुस् । प्रतिगमन भयो ? के भयो ? जनताको बीचमा जानु प्रतिगमन हुन्छ भने अग्रगमन के हुन्छ ?’















प्रतिक्रिया